2026 April 27/ 06:53: 31am

सुकुम्बासीलाई घर
    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर १२ मा रहेका सबै सुकुम्बासीहरुको पहिचान गरी प्रति परिवार आवास निर्माणका लागि वडाको तर्फबाट २५ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष मोहन लामिछानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 
    ‘धुलिखेल १२ साविक शंखु गाविसका सबै वडाहरुमा रहेका सुकुम्बासीहरुको पहिचान गरिनेछ’–अध्यक्ष मोहन लामिछानेले भने–‘पहिचान भएका सुकुम्बासीहरुका लागि ब्यक्तिगत तथा कहिँ कतैबाट जग्गा ब्यवस्थापन गरी घर निर्माण गर्न चाहेमा सुकुम्बासी परिवारलाई वडा कार्यालयको तर्फबाट नगद २५ हजार उपलब्ध गराईने छ ।’ धुलिखेल १२ लाई सुकुम्बासी मुक्त वडा निर्माण गर्ने उदेश्य अनुरुप उक्त निर्णय गरिएको अध्यक्ष लामिछानेले बताए । साथै वडा कार्यालयको तर्फबाट घरको नक्सा डिजाईनको प्राविधिकका लागि लाग्ने शुल्क निशुल्क ब्यवस्थापन गर्ने र नक्सा पास गर्दा लाग्ने शुल्कमा छुटका लागि नगरपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । 
    वडा कार्यालयको कार्तिक २३ गते बसेको बैठकले सुकुम्बासी सम्वन्धी निर्णय गरेको हो । धुलिखेल १२ मा तत्काल पहिचान भएका ११ घर परिवार छन् । जिल्लामा रहेको सुकुम्बासी आयोग भने केहि वर्ष देखि सरकारी सुविधा लिएर मात्रै बसेको छ । 

सुकुम्बासीलाई घर
    धुलिखेल नगरपालिका १२ का टिकाबहादुर सापकोटाले आफ्नो नाममा रहेको २ आना २ पैसा जग्गा घरबार विहिन सुकुम्बासी अर्जुनबहादुर सापकोटालाई उपलब्ध गराएका छन् । उक्त जग्गामा दुई तल्ले घर धारा र बाथरुम सहितको ब्यवस्थापन गरिएको अभियानका प्रमुख गोविन्द सापकोटाले बताए । उक्त घर निर्माणका लागि विभिन्न क्षेत्रका ब्यक्तिहरुले नगद सहयोग गरेका थिए । सहयोग गर्नेहरुलाई एक कार्यक्रमका साथ सम्मान गरिएको सापकोटाले बताए ।