2026 April 27/ 06:54: 01am

पनौती/कार्तिक २७ गते पनौती ७ स्थित लायकु डबलीमा पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा परी ज्यान गुमाउने तथा क्षति भएका परिवारका सदस्यहरुलाई राहत सहयोग र विस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न भन्ने मूल नाराका साथ सुस्तरी मोटरसाईकल प्रतियोगिता आयोजना गरिएको छ । 
    नगर प्रमुख रामशरण भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा २७ जना सहभागि थिए । द्रुत गतिबाट हुने दुर्घटनाको बारेमा जनचेतना जगाउन र प्रतिश्प्रधाबाट उठेको रकम सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनौती जेसीजका अध्यक्ष राजेन्द्र महाजुले जानकारी दिए । पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचायले नविनतम कार्यक्रमले युवाहरुले यात्रामा हतार नगरी यात्रा गर्न सचेत गराउने कार्य गरेको बताए । कार्यक्रममा बुद्धिराम नापित प्रथम, सिजन सुद्धाकार द्धितिय र हरिसुन्दर भुजु तृतिय भएका थिए । कार्यक्रममा पुरस्कारको व्यवस्था पनौती पर्यटन विकास केन्द्रले सौजन्य गरेको थियो । कार्यक्रम संयोजक जेसी सिजन सुद्धाकारले पनौती जेसीजले सन २०१० देखि पनौतीमा शुरु गरेको उक्त कार्यक्रमले ट्राफिक जनचेतना जगाउने उद्देश्यले आयोजना गरेकोले यस्ता कार्यक्रमले सामाजिक जनचेतना फैलाउन सहयोगि हुने बताए । 
    सोहि अवसरमा पनौती न.पा. वडा नम्वर ७ का जेष्ठ नागरिक १०४ वर्षका सुमित्रा देउला र ९४ वर्षका रामलाल कर्माचार्यलाई सम्मान गरी शुस्वास्थ र दिर्घायुको कामना गरिएको थियो । पनौतीका स्थानीय कलाकारबाट विभिन्न नाच र गायकबाट  गित प्रस्तुत गरि सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।