बनेपा/सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झना तथा घाईतेहरुको शिघ्र श्वास्थ्य लाभको कामना गर्दै विश्वब्यापी बनाउन शुरु गरिएको नोभेम्वर तेश्रो साताको पहिलो आईतबारको दिन आज बनेपा लगायतका विभिन्न स्थानमा ‘दिप प्रज्वलन’ गरी विश्व सम्झना दिवस मनाईएको छ ।
दिगो विकास लक्ष्य अनुसार सन् २०२३ सम्ममा सडक दुर्घटना न्यूनिकरण गर्ने प्रमुख उदेश्य अनुसार नेपालले पनि हस्तक्षर गरेको छ । सोहि दिनको सम्झना पारी सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले विभिन्न संघ संस्थाको आयोजनामा विविध कार्यक्रम आयोजना गरिएको हो । बनेपामा आयोजना गरिएको कार्यक्रममा बनेपा नगरपालिका, काठमाडौ मेडिकल कलेज, वेस्टन युनिभर्सिटी वेस्टल युके, नेपाल इन्जुरी रिसर्च सेन्टर तथा सेफ एण्ड सस्टेनेबल ट्राभल नेपाल लगायतका संघ संस्थाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए भने बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा सहितका जनप्रतिनिधिहरु, वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सडक सुरक्षा सम्वन्धी अभियानका सामाजिक अभियान्ता रेमोण्ड बुढाथोकीले बताए । विश्वमा २००५ देखि यो दिनलाई विशेष सम्झना स्वरुप मनाउन थालिएको थियो भने नेपालमा २०१४ देखि मनाउन थालिएको हो । विश्वमा बर्षेनी १३ लाख मानिसहरुको सडक दुर्घटनामा मरेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपाल पनि सडक सञ्जाल कम भए पनि धेरै दुर्घटना हुने देशको सूचीमा छ ।









