2026 April 27/ 06:53: 29am

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले खेलकुद सप्ताहमा उत्कृष्टहरुलाई पुरस्कार वितरणसँगै शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ  । 
    कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलाप विद्यार्थी जीवनबाट नै शुरु गर्नुपर्ने र यसले भविष्यमा जुनसुकै परिस्थितिको सामना गर्न सकिने बताउनु भयो । वैद्यले चाडपर्वमा आफ्नो परिवारका सदस्यहरुलाई सर–सहयोग गर्ने, स्वस्थ्यकर खानेकुराहरु खाने र संस्कृतिको संरक्षण गर्न सुझाब दिनु भएको थियो । कार्यक्रममा सहायक कलेज प्रमुख नवराज चौलागाई, सहायक प्रधानाध्यापक रत्नराज खतिवडाले खेलाडी विद्यार्थीहरुलाई टीका, मेडल तथा प्रमाण–प्रत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो संस्कृति झल्कने विभिन्न सांस्कृतिक देउसी भैलो, नृत्य, गायन प्रस्तुत गरेका थिए ।