2026 April 27/ 06:53: 28am

    बनेपा/बनेपामा रहेको अर्किड ईन्टरनेशनल एकेडेमीमा शैक्षिक प्रर्दशनी २०८० विद्यालयमा प्रर्दशनी गरेको छ । 
    विद्यालयकी प्रिन्सिपल अनिता प्रजापतिले विद्यार्थीहरुलाई पढाई सँगै ब्यबहारिक शिक्षा, संस्कारयुक्त शिक्षा दिन प्रयोगात्मक शिक्षामा जोड दिन प्रर्दशनीको आयोजना गरिएको बताईन् । विद्यार्थीहरुका लागी आफ्ना अभिभावकहरुले कसरी ब्यवसाय गरी रहनु भएको छ र आफुले गर्दा कसरी गर्ने भन्ने विषयमा प्रयोगात्मक गराईएको, घरको ब्यबहारिक ज्ञान हासिल गर्न, आफुले पढेको विषयलाई प्रयोगात्मक मार्फत सिकाईमा सहज हुनका लगाी उक्त प्रर्दशनीले सहयोग पुग्ने प्रजापतिले बताउनु भयो । प्रर्दशनीमा प्लेग्रुप देखी कक्षा ६ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् भने उक्त प्रर्दशनीमा १६ वटा स्टल राखिएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजीत, ब्यबस्थापन समिति अध्यक्ष अनिता कर्णजित, अभिभाबक, शिक्षकहरुको उपस्थिती रहेको थियो ।