2026 April 27/ 06:53: 28am

पनौती/सामुदायिक बाडिङ्ग स्कूल पनौतीमा विविध सास्कृतिक कार्यक्रम एवं पुरस्कार वितरण कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी भण्डारीले विद्यार्थीहरुलाई ब्यबहारीक, अनुसाशित, संस्कार युक्त शिक्षा प्रदान गर्न जोड दिनु पर्ने बताउनु भयो । विद्यार्थीहरुलाई हामिले जस्तो शिक्षा प्रदान ग¥यो उनिहरुले उस्तै सिक्ने भएकाले प्रविधी युक्त र सिपमुलक शिक्षा प्रदान गर्न सकिएमा मुलुक बाहिरीने संख्या घटन् सक्ने भण्डारीले बताउनु भयो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल पुर्णकुमार श्रेष्ठले विद्यार्थीहरुलाई घोकन्ते शिक्षा भन्दा ब्यबहारीक र प्रयोगात्मक शिक्षामा जोड दिएको बताउनु भयो । विद्यार्थीहरुको क्षमता अनुसारको प्रतिभा प्रस्फुटन र शिक्षामा जोड दिदै आएको श्रेष्ठले बताउनु भयो । 
    कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, प्याब्सनका केन्द्रिय उपमहासचिब भिमसेन केसी, कालिजगं गणका मेजर विष्णुभक्त श्रेष्ठ, पनौती नगरपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष विश्वनाथ श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जारा, काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैजू लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ मा कक्षा १ देखी ९ सम्म र एस ई ई मा उतिर्णलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद सप्ताहमा उत्कृष्टलाई समेत पुरस्कार वितरण गरिएको थियो । त्यसै गरी कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले प्रस्तुती राखेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।