2026 April 27/ 06:53: 30am

    बनेपा/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धुलिखेल, काभ्रे उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाहरुको समन्वयमा बनेपामा तिहार लक्षित बजार अनुगमन गरिएको छ । 
    बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, घरेलु कार्यालयका उद्योग अधिकृत यज्ञ वली, जिल्ला प्रशासन तथा अन्य कार्यालयका प्रतिनिधिहरुको रोहवरमा बनेपामा रहेका मिठाई तथा तिहारमा विक्री हुने मसला विक्री गर्ने पसलहरु, मासु पसल तथा किराना पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका, लेवल नभएका र मिति नराखिएका केहि खाद्यान्न बरामद गरिएको थियो । दशै, तिहार तथा चाडपर्व लक्षित बजार अनुगमन विषय केन्द्रित हुने गरेको छ भने नियमित समयमा पनि बजार अनुगमनका क्रममा विभिन्न प्रकारका अनुगमन भईरहेको प्रशासनले जानकारी दिएको छ ।