बनेपा/बनेपा निष्ट स्कुलमा २०८० को खेलकुद सप्ताह शुरु भएको छ । खेलको उद्घाटन गत आईतबार बनेपामा रहेको चण्डेश्वरी मन्दिरको १६ सय सिढीमा हाईकिङ्ग गरेर शुरुवात गरिएको कलेजका प्रमुख प्रशासक पुण्य कटेलले जानकारी दिनु भयो ।
विद्यार्थीहरुलाई पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलाप, खेलकूदको माध्याद्धारा उनिहरुको क्षमता अभिबृद्धि, स्वास्थ्य, अनुशासित रहन सहयोग पुग्ने विश्वास लिईएको बताएको छ । खेलकूद सप्ताहमा फुटबल, भलिबल, बास्केटबल, खो–खो, एथलेटिक्स लगाएतका ११ वटा खेलहरु समाबेश गरिएको छ । खेलकुदको अन्तिम दिनमा सामाजिक क्लबद्धारा सदन स्तरीय देउसी भैलो प्रतिष्पर्धातमक कार्यक्राको आयोजना गरी खेलकुद सप्ताह समापन गर्ने र उक्त देउसी भैलो बाट उठेको रकमलाई जिल्लामै रहेका सामाजिक कार्यमा प्रदान गरिने बताईएको छ । खेलकुद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विद्यालयको वार्षिक कार्यक्रममा पुरस्कृत गरी सम्मान गरिने जनाएको छ ।









