बनेपा/नेपाल भाषा साहित्य तःमुँज्याको आयोजनामा काभ्रेको बनेपामा प्रथम नेपालभाषा साहित्य सम्मेलन हुने भएको छ । बनेपा नगरपालिका वडा नम्वर ८ लायकु दरबारमा आयोजना हुने कार्यक्रममा जनता बाँचे भाषा बाँच्छ अर्थात तःमुँज्याले ‘जनता म्वाःसा भाषा म्वाई’ साहित्य मार्फत जनताको हितमा आवाज उठाउने छ ।
नेपाल भाषा साहित्य तःमुँज्या मानव जातिको सभ्यता, संस्कृति, भाषा, साहित्य र राजनीतिक विषययमा छलफल गर्ने साझा दबुका रुपमा लिएको छ । सबै जातजातिको संस्कृति, भाषा र साहित्यको उत्थान गर्ने र शोािषत पीडित कामदारवर्गका जनताको आमुल परिवर्तनको अवाज उठाउने सबै नेपालीको दबस तःमुँज्या भएको आयोजकले बताएका छन् । २०८० मसिंर ११ गते हुने उक्त कार्यक्रममा सहभागिताका लागि आयोजकले अनुुरोध गरेका छन् । न्हापाँगु नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलका नायो सत्यनारायण श्रेष्ठका अनुसार उक्त कार्यक्रममा सहभागिताका लागि आब्हान गरिएको छ ।









