बनेपा/आयाम बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा बाट श्याम थापाको नेतृत्वमा खाली रहेका पधधिकारीहरुमा नयाँ सञ्चालक सदस्यहरु पदपुर्ति गरिएको छ । संस्थाको उपाध्यक्षमा रसिला थापा र संचालक समिति सदस्यमा बद्री प्रसाद पराजुली निर्वाचित हुनुभएको छ भने बाँकी कार्य समिति पुरानैलाई नियमित गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ढकालले पछिल्लोे समय सहकारीहरुमा समस्या देखिनुको कारण सहकारीहरु मर्म अनुसार संचालनमा नआउनु, सदस्यहरुले सहकारीलाई हेर्ने नजरमा परिवर्तन नहुनु, हल्लाको पछाडि लागेर सबै सहकारीहरुलाई समान ब्यवहार गर्नु प्रमुख कारणहरु रहेको बताउनु भएको थियो । सहकारी आफैमा समस्या नभएको जिकिर गर्दै ढकालले आफ्नो सहकारीको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा सदस्य स्वयं चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सभापतित्व सचिव डम्बर बहादुर लम्सालले सहकारी अभियान भित्र देखिएका विभिन्न खाले समस्याहरुको बाबजुत पनि आयाम साकोसले १४ औं वार्षिक साधारण सभा समक्ष संस्थाको गतिविधि निर्धक्क साथ प्रस्तुत गर्न पाउनु गर्वको विषय भएको बताउनु भयो । संस्थाको कुल शेयर पुँजी १ करोड ५३ लाख ४४ हजार, कुल बचत ९ करोड ७० लाख ४१ हजार कुल ऋण लगानी ११ करोड ७८ लाख ५४ हजार तथा कुल सम्पत्ति १६ करोड १९ लाख ३६ लाख रहेको कोषाध्यक्ष सुनिल चौलागाँईले सभामा जानकारी दिनु भएको थियो । चौलागाईले संस्थाले राहत कार्यक्रम अन्तर्गत जन्म देखि मृत्युसम्म आयाम साकोसको साथ भन्ने मुल नाराका साथ ३७ जना सदस्यहरुलाई रु. २ लाख बयासी हजार राहत रकम वितरण गरिएको, हालसम्म युवा तथा साना ब्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा सहुलियत दरमा ९९ जना शेयर सदस्यहरुले ऋण सुविधा समेत उपभोग गरिरहेको बताउनु भयो । कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत सविना पन्तले गर्नुभएको थियो ।









