2026 April 27/ 05:26: 42am

    बनेपा/जिल्ला प्रसासन कार्यालय काभ्रेमा प्रमुख जिल्ला अधिकारी भएर आउनु भएका रुद्रदेवी शर्मालाई पंतजली योग समिति काभ्रे, महिला समिति, युवा समितिले सयुक्त रुपमा स्वागत गरेको छ । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले योगमय जीवनले स्वस्थ समाजको निर्माण हुनुको साथै जनजनमा सकारात्मक सन्देश जाने भएको हुनाले काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन आफूले पनि सक्दो सहयोग गर्ने र आफू पनि योग अभ्यासमा लाग्ने बताउनुभयो । 
    कार्यक्रममा पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले योग अभ्यासको साथै आहार–व्यवहारमा पनि ध्यान दिनुपर्ने बताउदै पर्वहरुको अवसरमा स्वस्थ्यलाई ख्याल गरेर मात्र खानपिनको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । पंतजली योग समिति काभ्रेका कार्यवाहक अध्यक्ष प्रकाश कायष्थको सभापतित्वमा भएको कार्यक्रमको उद्घोषण महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नुभएको  थियो भने कार्यक्रममा जिल्ला भरका योग समिति पदाधिकारी, योग साधक साधिकाहरुको उपस्थित रहेको थियो ।