2026 April 27/ 05:14: 05am

बनेपा/भू.पू. सैनिक शुभकामना बहुउद्देश्यीय सहकारी संस्थाको चौधौं स्थापना दिवश एबं तेह्रौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष सेनानी (अ.प्रा.) बिलबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्तममा सेनानी (अ.प्रा.) नरबहादुर थापाले संस्थाको चौधौं स्थापना दिवश एबं तेह्रौँ बार्षिक साधारणसभामा उपस्थित शेयर सदस्यहरुलाई स्वागत गर्दै संस्था स्थापनाको औचित्यको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा भू.पू. सैनिक शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि.को चौधौं स्थापना दिवश एबं तेह्रौँ बार्षिक साधारण सभाका सभापति सेनानी (अ.प्रा.) बिलबहादुर श्रेष्ठले संस्थाको आ.ब.२०७९÷२०८० को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कुल पूँंजी ६ करोड १५ लाख ९१ हजार ५ सय ९४ रुपैया रहेको छ । आ.व.२०७९÷२०८० मा संस्थाले आर्जन गरेको मुनाफाबाट १६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव सर्बसम्मत पारित भएको छ । सोहि अवसरमा ७५ बर्ष पुरा भएका जेष्ठ नागरिक शेयर सदस्यद्वय भैरबप्रसाद बन्जारा र शान्ता आलेमगरलाई दोसल्ला ओढाई बुढेसकालको सहारा लट्टी प्रदान गरिएको थियो भने ८४ बर्ष पुरा भएका जेष्ठ नागरिक शेयर सदस्यद्वय रणकुमारी खत्री र यज्ञबहादुर घिमिरेलाई ब्ल्यांकेट, हर्लिक्स र नगद सहित खादा ओढाई नगद सहित सम्मान गरिएको थियो । यसै गरि उत्कृष्ट बचतकर्ता संस्थापक शेयर सदस्य धुर्व थापालाई र शेयर सदस्य बिस्तार कार्यमा उत्कृष्ट शेयर सदस्य रामचन्द्र महतलाई कदरपत्र सहित सम्मान गरिएको थियो । प्रमुख सुवेदार(अ.प्रा.) मिनबहादुर थापाले संचालन सन्चालन गरेको कार्यक्रममा पूर्व सुरक्षाकर्मी परिषद, नेपालका केन्द्रीय प्रवक्ता हेमशंकर गिरीले भू.पू. सैनिक शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि.पूर्व सैनिकहरुले मात्र सन्चालन गरेको हुंदा काभ्रे पलाञ्चोक जिल्लामा बसोबास गर्नु भएका सबै पूर्व सैनिकहरुलाई संस्था प्रति विश्वास एबं ढुक्कका साथ आवद्ध हुन अपिल गरेका थिए ।