2026 April 27/ 05:14: 05am

    पनौती/पनौती नगरपालिका २ सिमभन्ज्याङ कुशादेवीबाट नयाँगाँउ तर्फ जाँदै गरेको बा.४ ख ६७२३ पराल बोकेको लोड निसान गाडी ब्रेक फेल भई  सडकबाट ६ सय मिटर तल खस्दा दुई जनाको निधन भएको छ । 
    नाताले मामा भान्जा बेथान्चोक घर भएका शिव विक्रम केसी तिमल्सिना र भान्जा चालक रविन आचार्यको निधन भएको प्रहरीले बताएको छ । साविक ढुंखर्क गाविसमा जन्मिएका शिवविक्रम केहि वर्ष देखि बनेपाको आजाद माध्यमिक विद्यालयमा कार्यरत थिए । उनीसँगै गाडीमा गएकी श्रीमती शारदा तिमल्सिनाको उपचार भईरहेको छ । प्रहरीले गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने बताएको छ । तिमल्सिना र आचार्यको निधनले आफन्त र शुभचिन्तकहरु शोकमा छन् । केहि दिन देखि भएका दुर्घटनामा हरेक सवारी साधनको ब्रेक फेल भएको कारण देखिए पनि सवारी साधनको चेकचाँच र नियमित परिक्षण भने गरिएको छैन । निसानमा सवार ३ जना मध्ये  २ जनाको निधन भएको हो । चालक पनौती न.पा.२ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य र बेथानचोक गा.पा.२ बस्ने बर्ष ५० का शिबबिक्रम केसी तिमल्सिनाको उपचारको क्रममा निधन भएको हो । बेथानचोक गाउँपालिका २ बस्ने बर्ष ४५ की सारदा तिमल्सिना घाइते छिन् ।