2026 April 27/ 05:13: 46am

बेथान्चोक/शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपा तर्फ आउँदै गरेको वा १४ च नम्वरको ७०७७ नम्वरको बोलेर पल्टँदा एमाले नेताहरु घाईते भएका छन् । 
    बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाईते संविधान सभा सदस्य रामहरी सुवेदीले बताए । गाडीमा एमाले नेताहरु पुर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा लगायतका नेताहरु थिए । घाईते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए । ७ जना घाईतेलाई तत्काल उद्धार गरी अस्पताल ल्याईएको थियो । स्थानीयहरु, प्रहरी र जनप्रतिनिधिहरुले उद्धार गरी घाईतेहरुलाई अस्पताल पठाएका हुन् । घाईतेहरु उपचार पछि घर फर्किएका छन् ।