2026 April 27/ 03:31: 48am

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ७ स्थित पाकुडोलमा घरको मुल ढोको फोडेर असोज २७ गते शनिबार साँझ साढे ५ बजे नगद र सुन चोरी भएको छ । स्थानीय दुईवटा घर फोडेर साँझको समयमा चोरी गर्ने समुहलाई प्रहरीले अझै पहिचान गरेर पक्राउ गर्न सकेको छैन । चोरी गर्ने समुहले साढे ३ तोलाको रानीहार, एक तोलाको चुरा, १ तोलाको सिक्री, आधा आधा तोलाका दुईवटा औठी, आधा तोलाको माईलो तिलहरी, टप सिक्री आधा आधा तोलाका २ वटा, झुम्का आधा तोलाका एक जोडी सहित ३३ हजार नगद समेत लगेको पीडित रवि खत्रीले जानकारी दिए । प्रहरीले पटक पटक शंकास्पद ब्यक्तिहरुलाई समेत अनुसन्धान नगरेको उनिहरुको आरोप छ ।