2026 April 27/ 03:31: 41am

उद्धव अधिकारी/पाँचखाल
पाँचखाल नगरपालिका ४ मा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुरेन्द्रप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष श्रेष्ठले संस्थाले हालसम्म आर्जन गरेका उपलब्धीहरु सदस्यको विश्वासको परिणाम भएको भन्दै आर्थिक मन्दीका बीचमा पनि वित्तीय कारोबार सहजताका साथ अघि बढाउन सकेको बताए ।
संस्थाका सचिव सुन्दर तामाङले आ.व.२०७९/२०८० वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष सुनील सापकोटाले आ.व.२०७९।०८० आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थाबाट लिएको ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गरे सदस्यहरुले आफ्नो आयआर्जन वृद्धि गर्न सक्ने बताए । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड १५ लाख ६८ हजार शेयर पुँजी, १३ करोड ६४ लाख बचत संकलन र १६ करोड ४१ लाख ऋण लगानी गरी कुल सम्पत्ति १९ करोड पु¥याउन सफल भएको बताए । संस्थामा उक्त अवधिमा २७ लाख १८ हजार खुद बचत गर्न सफल भएको छ । संस्थामा ११ सय सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यको मृत्यु हुँदा मृत्यु राहतकोषबाट आश्रित परिवारलाई सहयोग गर्दै आएको छ । सभामा ज्येष्ठ सदस्य, बाल सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, सफल युवा व्यवसायी तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको संस्थाका प्रमुख ब्यवस्थापक सन्तोष नापितले बताए ।