बनेपा/पतंजली योगसमिति काभ्रेको आयोजना पात्लेखेत हनुमान योग साधना केन्द्रको संयोजनमा पात्लेखेतमा संचालन भएको योग शिक्षक तथा प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले तालिमबाट प्राप्त ज्ञानलाई प्रभावकारी रुपमा अगाडी बढाउन योग शिक्षकहरुले महन्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
पंतजली योग समिति काभ्रेका का.वा.अध्यक्ष प्रकाश कायष्थको सभापतित्वमा भएको उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका निवर्तमान उप प्रमूख विमला शर्मा, पंतजली महिला योग समितिका अध्यक्ष अनु श्रेष्ठ, धुलिखेल नगरका संयोजक विष्णूप्रसाद शर्मा, पूर्व वडा अध्यक्ष विष्णू धिताल, तालिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट लक्ष्मीप्रसाद धिताल लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा जम्मा १९ जना प्रशिक्षार्थीहरु रहेको र उक्त कार्यक्रमको संचालन पंतजली योग समिति काभ्रेका महामन्त्री मोहनकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।
नमोबुद्ध नगरपालिकाको आयोजनामा भकुण्डेबेसीमा पंतजली योग समिति काभ्रे व्यवस्थापन, भकुण्डेबेशी योग केन्द्रको समन्वयमा ३६ दिने योग सह शिक्षक तालिमको समापन सम्पन्न भएको छ । सो अवसरमा दिक्षित योग साधकहरुलाई प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ्ग लामाले प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रमुख लामाले नमोबुद्ध नगरपालिकामा दैनिक योग साधना संचालन गर्न नगरपालिकाले आवश्यक सहयोग पु¥याउने बताउनुभयो । अवसरमा विशिष्ट अतिथि पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले तालिममा सहभागीहरुलाई दिक्षित गर्दै यस भेगमा योग जागरण ल्याउन नमोबुद्ध नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले प्रशंसा तथा सर्हाना गर्नुभयो । पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष प्रकाश कायष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य पंतजली योग समिति नमोबुद्ध नगर संयोजक रामहरी आचार्य, सहभागीको तर्फबाट प्रकाश, पंतजली योग समिति काभ्रेका महिला अध्यक्ष अनु श्रेष्ठ, प्रशिक्षार्थी कमला श्रेष्ठ र कुलचन्द्र खनाल तथा धन्यवाद ज्ञापन युवा नेपाल काभ्रेका अध्यक्ष रमेश श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको संचालन पंतजली योग समिति काभ्रेका महिला महामन्त्री कमला राजभण्डारीले गर्नुभएको थियो भने नमोबुद्ध नगरपालिकाका उप प्रमुख दिलबहादुर लामा, वडा अध्यक्ष तथा सदस्यहरु, पंतजली योग समिति काभ्रे महिला समिति, धुलिखेल नगर समितिका संयोजक लगायत पदाधिकारी र समाज सेवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।









