बनेपा/नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले विजयादशमीको अवसर पारी शुभकामना आदान प्रदान गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष रामचन्द्र थापाको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा शिक्षक नेताहरुले पछिल्लो समय सरकारले प्रस्तुत गरेको शिक्षा विधेयक र त्यसमा रहेका असन्तुष्टीका विषयमा सांसद समेत रहेका बास्कोटाको ध्यानाकर्षण गराएका थिए । शिक्षक नेताहरुको सुझाव र अनुरोधलाई सम्बोधन गर्दै पुर्व मन्त्री बास्कोटाले संसदमा सरकारले पेश गरेको विधेयकले नेपालको शिक्षा प्रणाली ध्वस्त हुने बताउँदै एमालेले त्यसलाई शंशोधन गर्ने बताए । एमालेले शिक्षकहरुले उठाएका उचित मागहरुको सम्बोधन गर्ने विषयमा सकारात्मक भएको सन्देश दिए । कार्यक्रममा शिक्षक नेताहरु माधव अधिकारी, श्यामप्रसाद पाण्डेय, सुभद्रा अधिकारी, चेतप्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।









