2026 April 27/ 05:14: 04am

बनेपा/श्वेत गणेश  बचत तथा ऋण सहकारी संस्था लि.को १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  त्रिरत्न मानन्धरको अध्यक्षतामा संस्थाको सभा कक्षमा विविध निर्णय गरि संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । 
    सहकारीमा देखिएको मुख्य समस्या तथा सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको अध्यक्ष मानन्धरले बताए । साधारण सभामा संस्थाका सचिव महेन्द्र बिष्टले संस्थाको गत आव २०७९/८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०/२०८१को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष अर्जुन थापाले संस्थाको आव २०७९/२०८० को आर्थिक प्रगति समिक्षा र आव २०८०/२०८१ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक हरिसरणले संस्थाको गत आव २०७९/२०८० को समग्र समिक्षा प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले आगमी आव २०८०/२०८१ को अन्त्य सम्ममा ४ सय ५० शेयर सदस्य पु-याउने २ करोडको कुल पुँजी पु-याउने लक्ष्य सहितको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।