स्वास्थ्य सेवामा धुलिखेल अब्बल, रोशी कमजोर
धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित कार्यहरुको समिक्षा गरेको छ । दुई दिन आयोजित समिक्षा कार्यक्रममा जिल्लाका १३ पालिका तथा स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय तथा स्वास्थ्य बिमा लगायत मेथिन्कोट, धुलिखेल, शिर मेमोरियल अस्पतालबाट प्रदान भएका सेवाहरुका बारेमा समिक्षा हुनेछ ।
स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख अनिता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख गौतमले जिल्लामा स्वास्थ्य सेवा अभावका कारण कुनै नागरिकले पनि ज्यान फाल्नु पर्ने अवस्था हुन नदिन स्थानीय सरकार तथा स्वास्थ्य संस्थाहरु सचेत रहेको बताए । एक वर्ष अघि स्वास्थ्य कार्यालय मार्फत गरिएको जिल्लाको स्वास्थ्य सम्वन्धी योजना तथा जिल्लाको रोडम्यापको अवस्था कस्तो छ ? त्यसको कार्यान्वयनमा कसको भूमिका के रह्यो ? कुन कुन क्षेत्रलाई प्राथमिकता दिनु प¥यो ? समिक्षा गरिने समन्वय प्रमुख गौतमले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका डा. खगेश्वर गेलाल, निर्देशनालयका दिनेश रुपाखेती लगायतले समग्र जिल्लाको स्वास्थ्य सेवाका सुचकहरु सकारात्मक हुँदा हुँदै पनि महामारीजन्य रोगहरुको संक्रमण हुन नदिन, संक्रमण भएमा रोकथाम, उपचार र ब्यवस्थापनमा ध्यान दिन जरुरी भएको बताए ।
जिल्लामा अहिले पनि डेंगु, स्क्रवटाईफस, रेविज जस्ता रोगहरुबाट नागरिकहरु संक्रमित हुन सक्ने भएकाले महामारीजन्य रोग तथा नसर्ने रोगहरुका बारेमा पनि सचेतना अपनाउनु पर्ने निश्कर्ष निकालिएको थियो । कार्यक्रममा १३ वटा पालिकामा भएका राम्रा अनुभवहरु तथा कठिनाईहरु आदान प्रदान गरी आगामी दिनमा स्वास्थ्य सेवालाई गुणस्तर बनाउन राम्रा अनुभवबाट सिक्दै कमजोर अर्थात समस्या भएका क्षेत्रलाई सुधार्न सहज हुने सहभागिहरुले बताए ।
स्वास्थ्य सेवामा धुलिखेल अब्बल, रोशी कमजोर
जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा जिल्लाका १३ पालिका मध्ये धुलिखेल पहिलो भएको छ भने रोशी अन्तिम भएको छ । पनौती दोश्रो र बेथान्चोक तेश्रो भएका छन् । काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिका मध्ये धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवा अब्बल देखिएको छ । आर्थिक वर्ष २०७९/०८० को जिल्ला स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सूचकहरुको आधारमा काभ्रेपलाञ्चोक जिल्ला अन्र्तगतका स्थानीय तहहरु मध्ये धुलिखेल नगरपालिका प्रथम भएको हो ।
‘जिल्लाका १३ वटा पालिकाहरुको स्वस्थय सेवा र त्यसका सूचकहरुका आधारमा गरिएको मुल्यांकनमा धुलिखेल पहिलो र रोशी गाउँपालिका अन्तिम भएको हो’–स्वास्थ्य कार्यालय काभ्रेका निम्त्रि प्रमुख अनिता खनालले भनिन–‘धुलिखेलले स्वस्थ शहर र क्षयरोग मुक्त पालिका कार्यक्रममा समेत उल्लेखनीय कार्य गरेको छ । स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै धुलिखेल लगायतका पालिकाहरुलाई सम्मान गरिएको हो ।’ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बागमती प्रदेशका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठ, स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख अनिता खनाल र जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले सममान पत्रमा हस्ताक्षर गरेका छन् ।
धुलिखेलले १०० नम्वरमा ७७ ल्याउँदा रोशी गाउँपालिकाले ५७ मात्रै प्राप्त गरेको छ । दोश्रो पनौती नगरपालिकाले ७३ नम्वर प्राप्त गरेको छ भने बेथान्थोक गाउँपालिकाले ७२ नम्वर प्राप्त गरी तेश्रो भएको छ । बनेपा नगरपालिकाले ६९, पाँचखाल नगरपालिकाले ६७.५, महाभारत गाउँपालिकाले ६६.५, खानिखोला गाउँपालिकाले ६६, तेमालले ६५, नमोबुद्धले ६३.५, मण्डनदेउपुरले ६३.५ र भुम्लु गाउँपालिकाले ६०.५ नम्वर ल्याएको छ । त्यस्तै चौरीदेउराली गाउँपालिकाले ५८.५ नम्वर ल्याएको छ । धुलिखेलमा आयोजित समिक्षा कार्यक्रममा पालिकाहरुको अवस्था सार्वजनिक गरिएको हो ।
धुलिखेल नगरपालिका भित्रका अधिकांश नागरिकहरुलाई स्वस्थ बनाउन नगरपालिकाले स्वस्थ शहर कार्यक्रम लागु गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले शतप्रतिशत स्वास्थ्य विमा तथा दिर्घ रोगिहरुको पहिचान गरी नियमित उपचार लगायतका कार्यक्रम भएका छन् भने स्वस्थ हुन अपनाउनु पर्ने विभिन्न सुचकहरुको पालना गरिएको छ । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले धुलिखेलका शतप्रतिशत नागरिकहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिई रोग लाग्नै नदिन, लागिसकेकाको नियमित उपचार र रोकथामका बारेमा अभियान संचालन गरिएको बताए । स्वस्थ शहर धुलिखेल कार्यक्रम कार्यान्वयनमा आएकाले नागरिकहरुलाई सहज बनाउन अझै शशक्त हुने केसीले बताए ।









