खाद्य सम्प्रुभता कार्यान्वयन सम्बन्धी एमाले निकट किसान महासंघको अन्र्तक्रिया
बनेपा/अखिल नेपाल किसान महासंघ काभ्रेको आयोजना तथा पनौती नगर कमिटीको समन्वयमा खाद्य सम्प्रुभता कार्यान्वयनको अवस्था र चुनौती विषयक अन्र्तक्रिया तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम पनौतीमा सम्पन्न भएको छ ।
‘विश्वमा खाद्य संकट निम्तिदै छ । नेपालमा पनि खाद्य संकटको अवस्था निम्तिन सक्ने अवस्था बढेको छ’– अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष एवं एमाले केन्द्रिय कमिटी सदस्य डा.प्रेम दंगालले भने–‘सरकार खाद्य संकट टार्ने योजनामा छै्रन । उत्पादनमा जोड दिदैन । निर्यातमा मतलब गर्दैन । आयात गर्छ र किसानको उत्पादनलाई प्राथमिकता दिदैन ।’
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले किसानहरुको अधिकारका लागि सरकारले कुनै योजना तयार नगरेको आरोप लगाए । ‘यो सरकार किसान मैत्री छैन । न मल, न मुल्य’–बास्कोटाले भने–‘किसानमैत्री सरकारका लागि वा योजनाका लागि एमाले बाहेक अरुको नेतृत्वबाट सम्भव छैन ।’ चाडपर्वको मुखमा किसानहरुले दुधको मुल्य पाउन नसकेको तथा खेतिको समयमा रासायनिक मल पाउन नसकेका कारण उत्पादनमा हस आएको छ ।’ विश्वका केहि मुलुकमा निर्यात गर्ने केहि अन्नहरु पनि नेपालले अहिले आयात गर्न लागेको बताउँदै पुर्व मन्त्री बास्कोटाले यस्तो अवस्था आउन नदिन श्रम, सिप, प्रविधी र सरकारको नीतिमा विशेष जोड दिनु पर्ने बताए ।
अध्यक्ष श्यामसुन्दर चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, एमाले जिल्ला कमिटी सचिव राजन भुर्तेल, किसान महासंघका नेता विदुरप्रसाद हुमागाई, वडा अध्यक्ष एवं एमाले नेता दिपकप्रसाद दाहाल, नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकी नेतृ शुशिला सुवाल लगायतले किसानका हक हितका विषयमा एमाले बाहेक अन्य दल र संगठनले आवाज उठाउन नसक्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेकी शुशिला सुवाल, भवानी सापकोटा र सरस्वती परियारलाई एमाले नेता बास्कोटा, दंगाल लगायतले स्वागत गरेका थिए । कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।









