2026 April 27/ 03:15: 43am

उद्धव अधिकारी/पाँचखाल
    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ बार्षिक साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । 
    साधारण सभाले बाबुकाजी पराजुलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजन कार्की र जान्दवी अधिकारी, सचिव रामप्रसाद कोईराला, कोषाध्यक्ष दामोदर दुलाल रहेको छन् । सदस्यहरुमा रामेश्वर सापकोटा, विष्णुप्रसाद पराजुली, सविना दाहाल, दुर्गा अर्याल, बुद्धीप्रसाद पराजुली, बेला लामा, श्यामसुन्दर चौलागाई  रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा संयोजक बद्रिप्रसाद आचार्य र सदस्यहरुमा दलबहादुर ऐडी र उज्वल कोईराला रहेका छन् । सभमा संस्थाले गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो । ९ हजार ८ सय ९ जना शेयर सदस्यहरुबाट ९ करोड २४ लाख ८९ हजार १ सय शेयर पुँजी, ६३ करोड ७३ लाख ६ हजार ७ सय ५२ बचत गरी ८२ करोड ८ लाख ३५ हजार २ सय ४७ रुपैया ऋण लगानी गरेको छ । 
    सभामा जिल्ला समन्वय समिति काभ्रेका सदस्य अप्सरा ढुंगाना, म्यानेजर्स क्लवका सदस्य अरुण थापा, सहकारी समन्वय समिति पाँचखालकी अध्यक्ष विद्यालक्ष्मी देउजा, निर्वाचन उप समिति संयोजक हरिशरण दाहाल, सदस्य विवेकराज ठकुरी, संस्थापक अध्यक्ष इश्वरीराजकुमार मैनाली, संस्थापक उपाध्यक्ष सत्यवती भट्टराई, सल्लाहकार रामशरण दाहाल लगायतले मन्तब्य राखेका थिए ।