2026 April 27/ 03:15: 44am

उद्धव अधिकारी/पाँचखाल
    प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा एवं २५ औं स्थापना दिवस जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    संस्थाका अध्यक्ष केशव प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरोज न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो । सभामा जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुंगाना सिपखान, पाँचखाल नगर पालिका उपप्रमुख सुर्यमाँया दनुवार, पाँचखाल नगरपालिका वडा नं ४ का अध्यक्ष सुन्दर तमाङ, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ५ का अध्यक्ष सिताराम ढुंगाना लगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै संस्थाका सल्लाहकार संयोजक शुभप्रसाद अधिकारी, सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, पाँचखाल सहकारी सञ्जालका अध्यक्ष विद्यालक्ष्मी देउजा, आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुकाजी पराजुली, स्वेच्छा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ओमकार श्रेष्ठ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । 
    सभामा संस्थाका सचिव रमेश प्रसाद सापकोटाले कार्यक्रम सञ्चालनका साथ बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए । २०५६ सालबाट सञ्चालनमा आएको प्रगतिशील बहुउद्देश्यीय सहकारीको  असार मसान्त सम्ममा १ हजार ६ सय ५३ जना सेयर सदस्यहरू रहेका छन् । जसबाट २ करोड ४३ लाख १३ जहार ५ सय शेयर रकम, ९ करोड २७ लाख १७ जहार ४ सय ९९ बचत रहेको छ भने ऋण लागनी १२ करोड ६१ लाख २२ हजार रहेको छ । सोहि अवसरमा संस्थाको आर्थिक, बार्षिक र लेखा सम्वन्धी प्रतिवेदन प्रस्तुत गरी सर्वसम्वत पास गरिएको थियो ।