2026 April 27/ 03:29: 58am

बेथान्चोक/बेथानचोक गाउँपालिका–३ मा रहेको कृष्णगोपाल माविमा विज्ञान प्रदर्शनी गरिएको छ । 
    बेथानचोक गाउँपालिकाको शैक्षिक कार्यपत्रोमा उल्लेख भएअनुसार गाउँपालिका र कृष्णगोपाल माविको संयोजनमा विज्ञान प्रदर्शनी गरिएको हो । कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । विज्ञान प्रदर्शनीमा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, वडाध्यक्ष कुवेर ढकाल, शिक्षा शाखा प्रमुख पुष्पा राई लगायत विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागीता रहेको थियो । 
    प्रतिस्पर्धात्मक कार्यक्रममा प्राध्यापक डाक्टर रजनी राजभण्डारी, शिक्षा मन्त्रालय अन्तर्गत प्रशिक्षक लवदेव भट्ट, खिलनारायण  श्रेस्ठ, माधव अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । बालबालिकाको सिर्जना प्रस्फुटन सँगसँगै एक बिद्यालय र अर्को बिद्यालय विचको आत्मियताको वृद्धि गर्न विज्ञान प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले बताएका छन ।