चलाल गणेशस्थान/बेथान्चोक गाउँपालिका वडा नम्वर ४ स्थित कालिका माध्यमिक विद्यालय पाटिखर्कमा अभिभावक भेला सम्पन्न भएको छ । भेलाले विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्ने निर्णय गरेको छ ।
अभिभावकहरुको भेलाबाट कालिका माध्यमिक विद्यालयको ब्यवस्थापन समितिमा महिला अभिभावकको तर्फबाट आशामाया तामाङ र सजिता तामाङ छनौट हुनु भएको छ भने पुरुष तर्फबाट औतार लामा र राजाराम महत छनौट भएको छ । त्यसैगरी शिक्षक अभिभावक संघमा नविना महतको अध्यक्षतामा जितबहादुर तामाङ, अस्मिता लामा, कार्साङ लामा, जनक महत र उदयबहादुर कार्की चयन भएका छन् । समितिमा आवश्यक पर्ने थप सदस्यहरु पछि चयन गर्ने भेलाले निर्णय गरेको छ ।
वडा अध्यक्ष कृष्णबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केशव कोईराला, कर्ण तामाङ लगायतले मन्तब्य राखेका थिए । त्यस्तै विद्यालयको आम्दानी खर्च प्रधानाध्यापक महेन्द्रप्रसाद वाग्लेले प्रस्तुत गरेका थिए । भेलामा शिक्षक उत्तम थापाले स्वागत मन्तब्य र कार्यक्रम संचालन सहायक प्रधानाध्यापक बेदप्रसाद बजगाईले गरेका थिए ।









