2026 April 27/ 03:32: 07am

जनागाल/नेपाल रेडक्रस सोसाइटी जनागाल उपशाखाको ३१ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाइएको छ । 
    स्थापना दिवसको अवरमा खुल्ला रक्तदान, स्मारिका सार्वजनिकीकरण, उपशाखा सभा तथा सम्मान कार्यक्रम गरिएको सचिव शिवप्रसाद बञ्जाराले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, जनागाल उपशाखा सभापति यादव थापाले रेडक्रसको भुमिकामाथी धारणा राखेका थिए । 
    रेडक्रसका संस्थापक हेनरी ड्युनाको फोटोमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको परिचय सहित स्वागत मन्तव्य उपशाखा सभापति गीता कुँवरले राखेकी थिइन् । सोहि अवसरमा पुर्वसभापति, उप–सभापति, २० पटक भन्दा बढी रक्तदान गर्ने रक्तदाता र ७५ वर्षमाथीका जेष्ठ आजीवन सदस्यलाई सम्मान गरिएको छ । जेष्ठ सदस्यको तर्फबाट र रक्तदाताको तर्फबाट क्रमशः पुर्वसभापति सानुभाई विष्ट र शिवप्रसाद तिमल्सिनाले आफ्नो भनाई राखेका थिए । रक्तदान कार्यक्रम अन्तर्गत ४० जनाले रक्तदान गरेका छन ।