धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेले समन्वय अधिकारी शान्तिराज प्रसाईको विदाई गरेको छ । कर्मचारी मिलन केन्द्र र जिल्ला समन्वय समिति काभ्रेले प्रसाईको विदाई गरेको हो ।
कर्मचारी मिलन केन्द्रका संस्थापक अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम लगायतले प्रसाईले जिल्लामा रहँदा गरेका कार्यको चर्चा गरेका थिए । सोहि अवसरमा विभिन्न कार्यालयमा कार्यरत कार्यालय प्रमुखहरुले पनि प्रसाईलाई विदाई गरेका थिए । प्रसाई कर्मचारी मिलन केन्द्रका अध्यक्ष पनि थिए । उनको कार्याकालमा कर्मचारीहरु बीचको समन्वय र एकता तथा श्रृजनात्मक कार्यहरु भएका थिए ।









