2026 April 27/ 03:29: 58am

धुलिखेल/नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन  २०८० बमोजिम अन्तर प्रहरी कार्यालय कार्य दक्षता केन्द्रिय मूल्याङ्कन समितिले काभ्रेपलाञ्चोक जिल्लाको प्रहरी कार्यालय अनुगमन र निरिक्षण गरेको छ । 
    समितिका संयोजक प्रहरी अतिरीक्त महानिरीक्षक सन्दीप भण्डारी सहितको अनुगमन टोलीद्वारा जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकको निरीक्षण तथा अनुगमन गर्नुका साथै जिल्ला प्रहरी कार्यालयको बिभिन्न शाखाहरुको समेत आकास्मिक निरिक्षण गरेका थिए । सोहि क्रममा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सहित जिल्लाका सञ्चारकर्मी, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सरकारी तथा गैर–सरकारी सङ्घ संस्थाका पदाधिकारीज्यूहरू, पुर्व प्रहरी कर्मचारीहरुसँग जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, गुनासो तथा सुझावहरू सहितको छलफल एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले बताए । कार्यक्रममा नागरिक समाजले प्रहरीसँगको सहकार्यमा समाजमा हुने विभिन्न खालका अपराध नियन्त्रणमा हातेमालो गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।