2026 April 27/ 03:30: 39am

बिष्णु घिमिरे /साउदी अरेबिया
    गैर आवासीय नेपाली संघको आगामी (२०२३–२०२५) कार्यकालका लागि  पुनः मध्यपुर्व संयोजकको पदमा राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन ।
    ६ बुँदे घोषणा पत्र जारी गदै नेपालीको राहत तथा उद्वार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरुलाई पुनःस्थापनाको लागि नेपाल सरकार र सरोकारवाला संँग समन्वय गर्ने, बैदेशिक रोजगार ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न÷गराउन सरोकारवालाहरु संँग पहल गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पूर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्ने, अन्य सामाजिक संघ÷संस्था संग मिलेर सहकार्य गर्ने, अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एनसिसिहरु सँग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्ने र मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्ने बताएका छन् । 
    श्रमिकको हकहितको लागि राहत र उद्दार कार्यमा सदैव तत्पर रहने, मध्यपूर्वमा श्रमिकका समस्या समाधानमा सदैब सक्रिय अर्याल ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर सामाजिक कार्य गरिरहेका छन् भने मध्यपूर्वबाट सक्षम, सबल, समाजसेवी तथा अभियन्ता एवं कुशल  नेत्रित्वको रूपमा अर्याललाई  चिनिन्छ । अर्याल एनआरएन बौद्धिक समुहमध्येको एक प्रभावशाली  नेतृत्वको रूपमा  समेत स्थापित नाम रहेको छ भने आइसिसी मध्यपुर्व संयोजकको पुनः पदको लागि भने स्वर्णिम अबसर सहित चुनौती समेत हुने देखिन्छ ।