धुलिखेल/आकाश भैरब क्लबको २२ औ साघारण सभा एवं आठौं अधिवेशनले पुकार चोच्छेको नेतृत्वमा नयाँ समिति निर्विरोध छनौट गरेको छ ।
क्लवमा उपाध्यक्ष सुदेश सोंँजु, सचिब निर्मल ब्यान्जु, कोषाध्यक्ष सृजन वेंजु रहनु भएको छ भने सदस्यहरुमा श्रीशिभा योगल, स्वस्तिका श्रेष्ठ र मनिष कोजु रहेका छन् । सभाको उद्घाटन धुलिखेल नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रोमीब्यान्जु श्रेष्ठले गर्नु भएको थियो । ब्यान्जुले युवाहरु सामाजिक काममा सक्रिय हुँदा वडाले समन्वय गरी विकास निर्माण लगायतका कार्यहरु सहकार्य गर्न सहज हुने बताउनु भयो । कार्यक्रममा धुलिखेल खानेपानी तथा सरसफाई समितिका अध्यक्ष कृष्णभुषण खोँजु, वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष सुनेस चोच्छे, वडा नम्बर ३ का वडा सदस्य हिरा तामाङ, क्लबका उपाध्यक्ष पुकार चोच्छे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष सुवल चोच्छेको सभापतित्वमा सम्पन्न भएको थियो ।









