2026 April 27/ 03:15: 42am

    जनकपुर/रेयुकाई मासुनाँगा आखाँ अस्पतालले धनुषाको ढल्केवरमा शाखा अस्पताल सन्चालनमा ल्याएको एक वर्ष पछि धनुषा जिल्लाको जनकपुरमा आँखा उपचार केन्द्र सन्चालनमा ल्याएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको बनेपा संगै भकुन्डेवेशी र सिन्धुपाल्चोकको खाडिचौरमा आँखा उपचार सेवा शुरु गरेको थियो । अस्पतालले जनकपुरमा पाँचौ सेवा सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख हिरामणी शर्माले जानकारी दिनु भयो । अस्पतालले विभिन्न जिल्लामा आँखा शिबिर सञ्चालन गर्दै आएको छ भने नागरिकको आखाँ उपचार सेवामा प्रभावकारी भुमिका निभाउँदै आएको छ ।