2026 April 27/ 03:15: 42am

बनेपा/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २५ औ वार्षिक साधारण सभा बागमति प्रदेश बचत तथा ऋण सहकारीका अध्यक्ष अध्यक्ष रामशरण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथि घिमिरेले लक्ष्मी महिला साकोस जस्ता समुदायमा आधारित सहकारीहरुमा कुनै समस्या नआएको बताउनु भयो । सहकारीहरु आफुखुशी सञ्चालन भई सदस्यको पैसा आफुखुशी सञ्चालन गरेकाले समस्या परेको बताउनु भयो । सदस्यहरुको पैसा हिनामिना गर्ने सहकारीहरुलाई कानुनको दायरामा ल्याई सदस्यको पैसा फिर्ता गर्नु पर्ने घिमिरेले बताउनु भयो । 
    कार्यक्रममा जिल्ला बचत संघका सञ्चालक सदस्य बालकृष्ण दाहाल, मोडेल साकोसका अध्यक्ष कृष्णप्रसाद दाहाल संस्थाका प्रमुख सल्लाहकार तिर्थमाया प्रधान लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन सह सचिव शर्मिला अधिकारीले आर्थिक प्रतिवेदन कोषाध्यक्ष सकुन्तला श्रेष्ठले र लेखा समितिको प्रतिबेदन संयोजक सोविता थापामगरले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं २ करोड ६७ लाख ९९ हजार, बचत निक्षेप १७ करोड ८८ लाख १६ हजार, ऋण लगानी १८ करोड १६ लाख ४५ हजार कुल नाफा ४९ लाख ७९ हजार रहेको जनाएको छ । संस्थाले सदस्यहरुको हक हितको र जिवन परिर्वतन गर्नका लागी सहकारी सिद्धान्तमा रही सदस्यहरुको जनचेतना अभिबृद्धि, सदस्यको आर्थिक उन्नतिका लागी उद्यमशिलता तालिम, ब्यबसायीक तालिम, सिपमूलक तालिम, महिला सशक्तिकरण तालिम, बाल बचतकर्ताहरुलाई कपी, केक वितरण, स्वास्थ्य शिबिर, लगायतका थुप्रै सामाजिक कार्यहरु गर्दे आएको संस्थाका अध्यक्ष मैया महतले जानकारी दिनु भयो । 
    कार्यक्रममा रिक्त रहेको सचिब पदमा सकुन्तला श्रेष्ठ र कोषाध्यक्षमा शर्मिला अधिकारी चयन भएको जानकारी गराएको थियो । कार्यक्रममा संस्था २५ वर्ष लागेको अबसरमा रजत महोत्सबको लोगो र संस्थाको लक्ष्मी महिला साकोस गाना अनावरण गरिएको थियो । कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट सदस्य, ऋणी, बचत कर्ता, एस ई ई मा उतिर्ण बाल सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष हिमाली श्रेष्ठले राख्नु भएको थियो भने संस्थाका अध्यक्ष मैया महतको सभापतित्वमा सम्पन्न भएको थियो ।