2026 April 27/ 01:29: 12am

बनेपा/आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । 
सभामा संस्थाको आर्थिक बर्ष २०७९/०८० वार्षिक प्रतिबेदन सचिव रामशरण तिमल्सिनाले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुँजी रु १ करोड ६९ लाख ७७ हजार ४ सय, बचत संकलन रु १२ करोड २७ लाख ५० हजार २ सय,  कर्जा लगानी रु १० करोड २८ लाख ६१ हजार,  स्थीर सम्पति रु ९ लाख ९२ हजार, जगेडा कोष रु ४२ लाख ८७ हजार अन्य कोष रु ४१ लाख ५६ हजार  संस्थाको खुद नाफा ३२ लाख ७४ हजार रहेको जनाएको छ । कार्यक्रममा उत्कृत्ट कारोवार गर्ने सदस्य, जेष्ठ सदस्य, बलराम थापा मगर र पुर्ण लक्ष्मी मानन्धर, उत्कृत्ट पुरुष सदस्य कुमार श्रेष्ठ उत्कृत्ट महिला सदस्य शान्ता भट्ट , उत्कृत्ट बालसदस्यहरु सार्थक तिमल्सिना, साइना श्रेष्ठ असल ऋणी निशा भट्टराई घिमिरे लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जेष्ठ सदस्यहरुलाई संस्थाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले लौरो वितरण पनि गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष जेन वादे गर्नु भएको थियो । कार्यक्रममा संस्थाका ब्यबस्थापक भरत तिमल्सिनाले संस्थाले सूत्केरीलाई लत्ता कपडा, सदस्यलाई पारिवारिक मृत्यु राहत, संस्थाका गरिव तथा जेहेन्दार वाल वालिकालाई छात्र वृद्धि तथा स्टेशनरी वितरण गरिएको जानकारी दिनु भएको थियो । संस्थाले सामाजिक उत्रदायित्व अन्र्तगत विभिन्न सामाकि कार्यहरु गर्दै आएको ब्यबस्थापक तिमल्सिनाले बताउनु भयो ।