2026 April 27/ 03:15: 45am

मुटुरोग सम्बन्धि निबन्ध प्रतियोगिता 
    बनेपा/नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखाको आयोजनामा मुटु रोग सम्वन्धी निवन्ध प्रतियोगिता आयोजना गरिएको छ । 
    विश्व मुटु दिवसको अवसरमा काभ्रे शाखाले जिल्ला भरका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १०, ११ र १२ का विद्यार्थीहरू बीच मुटु रोगको बारेमा चार विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । जिल्लाका २४ विद्यालयका ९४ विद्यार्थीहरू सहभागी थिए । परिणाम घोषणा निर्णायक समितिका संयोजक ऋषिराम दाहालले गर्नुभएको थियो । निस्ट कलेज बनेपाकी रोजिना थापा प्रथम भईन् । बिद्यासागर इङलिस माध्यामिक विद्यालय बनेपाका सुजन श्रेष्ठ दोश्रो भए । सन्जीवनी माध्यमिक विद्यालयका स्वरुप श्रेष्ठ तृतीय भए । १० जना प्रतियोगीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । श्रेया खतिवडा, सिद्धार्थ माध्यमिक बिद्यालय बनेपा, एडविन खनाल, जनक मा.वि. मेथिन्कोट, समिरा अधिकारी, निस्ट कलेज बनेपा, दीपक कार्की, आजाद मा.बि. बनेपा, सुप्रिया मानन्धर, चैतन्य मा.बि.बनेपा, अंकिता तिमल्सिना, पार्बती मा.वि., रश्मि कुँवर, कालिका मा.वि, दिपक साउद, नेपाल प्रहरी स्कुल साँगा, अलिसा दुलाल, श्वेत बाराही मा.वि., प्रतिमा न्यौपाने, कालीदेवी मा.बि.का  प्रतियोगीहरुलाई सहभागीताको प्रमाण पत्र र शैक्षिक सामाग्री उपहार प्रदान गरिएको थियो ।
    वरिष्ठ मुटु रोग विशेषज्ञ डांक्टर अनिश जोशी, डांक्टर अरुण गुप्ता, डांक्टर हेमराज कोइराला र साकाहारी भोजन अभियान्ता साधुराम गिरीले मुटु रोगको उपचारमा भन्दा मुटुको रोग लाग्न नदिने र डाक्टरकोमा उपचारको लागि जानै नपर्ने वातावरण सृजना गर्ने साथै औषधी भन्दा पनि खानपीन र व्यायामको माध्यमबाट शरीरलाई स्वस्थ राख्न सल्लाह दिएका थिए । उक्त पुरस्कार वितरण तथा प्रवचन कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम प्रतिष्ठानका सभापति अशोक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यार्थीहरू, शिक्षक, अभिभावकहरू र हृदय रोग निवारण प्रतिष्ठानका सदस्यका साथमा विभिन्न क्लबहरू जस्तै रोटरी क्लब, लायन्स क्लब, किवानी क्लब, सामाजिक तथा बिकास रुपान्तरण नेपाल, लगायत प्रतिष्ठानका सदस्यहरू रञ्जिब श्रेष्ठ, रामप्यारी बज्राचार्यले आर्थिक सहयोग प्रदान गरेका थिए । साथै, विश्व मुटु दिवसको अवसरमा राष्ट्रिय सभाका सम्मानित सभापति गणेश तिमिल्सिनाबाट नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सभापति अशोक श्रेष्ठलाई समुदायमा मुटुरोगको बारेमा जनचेतना बढाउँदै गरेकोमा काठमाण्डौंमा एक समारोहका बिच प्रशसा र सम्मान पत्र प्रदान गरिएको थियो ।