2026 April 27/ 03:15: 45am

पनौती/एम्नेष्टी इन्टरनेश्नल नेपाल पनौती महिला समुह ५५ को संयोजकमा पुनः गीता तिमल्सिना चयन हुनुभएको छ । चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले गीता तिमल्सिनाको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । 
    उपाध्यक्ष राधिका कँणेल, सचिवमा गीता सापकोटा, कोषाध्यक्षमा अप्सरा केसी, सह–सचिव अनिता कार्की थापा, सदस्यमा सरिता बादे कर्माचार्य, सरिता शर्मा, सुमित्रा थापा र रविता ख्वाउजु चयन हुनु भएको छ । एम्नेष्टी इन्टरनेश्नल एआई नेपाल महिला समुह ५५ पनौती २०७६ असोज ३ गतेको केन्द्रिय बोर्डको निर्णय अनुसार तदर्थ समितिको मान्यता प्राप्त गरि सञ्चालनमा आएको थियो । २०७८ भाद्र १० र ११ गतेको केन्द्रिय कार्यालयको बैठकबाट समुहको मान्यता प्राप्त गरेको छ । समुहले निरन्तर रुपमा सचेतनाका कार्यक्रम गर्दै आइरहेको संयोजक तिमल्सिनाले बताउनुभयो ।  एआई पनौती समुह ५५ ले बालबालिका, स्वास्थ्यकर्मी, महिला तथा आम नागरिकको लागि मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्तै महिला हिंसा विरुद्धको अभियान र मानव बेचविखन सम्बन्धी सचेतना कार्यक्रम समेत समुहले गर्दै आइरहेको संयोजक तिमल्सिनाले बताउनुभयो । समुहमा ५६ जना आवद्ध छन । समुहमा २०७९ कार्तिक २ गतेदेखी २०८० असोज १४ गतेसम्म सदस्यता नविकरण, विभिन्न आर्थिक सहयोग सहित ८२ हजार ६ सय १० रुपैयाँ आम्दानी भएको छ भने नविकरणका लागि केन्द्रमा पठाइएको, मानव अधिकार शिक्षा कार्यक्रम र दिवसीय कार्यक्रममा ८२ हजार ६ सय १० रुपैयाँ नै खर्च भएको छ । 
    साधारणसभामा सचिवको प्रतिवेदन गीता सापकोटा तिमल्सिना, कोषाध्यक्षको प्रतिवेदन राधिका कँणेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एम्नेष्टी इन्टरनेश्नल नेपालका कोषाध्यक्ष रोशन बजगाँई, पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, एआई नेपाल समुह ७२ का संयोजक राजेशकुमार श्रेष्ठ, समुह ७२ का पुर्वसंयोजक सोमप्रसाद हुमागाँई, राजन श्रेष्ठ, उद्धव अधिकारी, कृष्ण बहादुर श्रेष्ठ, सदस्य एवं पुण्य माविकाी प्रधानाध्यापक सरस्वती कणेल लगायतको उपस्थिती रहेको थियो ।