2026 April 27/ 01:29: 12am

रोशी/रोशी गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षको प्रगती समिक्षा गरेर आगामी कार्ययोजना तयार पार्नको लागि समिक्षा कार्यक्रम राखेको हो ।
गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा समीक्षा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो दायित्व सहि तरिकाले सहि समयमा पूरा गर्न सके समृद्धि आउने बताउनु भयो ।  गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले गाउँपालिका विकासका लागि यो कार्यक्रमले टेवा पुग्ने बताउनु भयो  । 
कार्यक्रममा पालिकाले नेपालमै पहिलोपटक कर्मचारीले नै मध्यमकालिन खर्च संरचना तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिनुभयो  । यसले गर्दा लिजा र फ्ल्यापले गर्ने मूल्यांकनमा १० दखि १५ अंक बृद्धि हुने लामाको भनाई छ । पहिला पहिला बजेट नीति तथा कार्यक्रममा मात्र समिक्षा हुने गरेकोमा यस बर्षदेखि गैरबजेट शाखाको पनि प्रगति प्रतिवेदनको समिक्षा गरेर नयाँपन दिएको तामाङले बताउनु भयो  । उक्त कार्यक्रमले कमजोरीहरूलाई सुधारेर आगामी बर्षको कार्यसम्पादन चुस्त र दुरुस्त पार्नलाई मद्दत पुग्ने उनको भनाई छ ।
आर्थिक बर्ष २०७९÷०८० मा रोशी गाउँपालिका÷वडा कार्यालय मार्फत सम्बन्धित क्रियाकलापहरूको बार्षिक प्रगती समिक्षा २०८० मा गाउँपालिकाका सबै शाखाहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । शाखा मार्फत सञ्चालित १५ वटा स्वास्थ्य संस्थाबाट २७ हजार ५ सय ४४ जनालाई सेवा प्रदान गरेको जनाएको छ । शिक्षा तथा खेलकूद शाखाको राजेन्द्र सिग्देलले ९३ दशमलव २४ प्रतशित आर्थिक प्रगति गरेको बताए । त्यसरी नै समिक्षामा १२ वटै वडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा सचिवहरूले आ–आफ्नो वडाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । योजना शाखाका प्रमुख राम लामाले सञ्चालन गरेको उक्त  कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष धनजीत लामा र वडा नं. २ का वडाध्यक्ष हस्तमान लामाले सुझाव राख्नु भएको थियो ।