2026 April 27/ 01:29: 07am

शुलभ साकोसमा पुनः विक्रम भैलको नेतृत्व

बनेपा/शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा संस्थाका कानूनी सल्लाहकार ओमकाजी प्रजापतिको प्रमुख अतिथ्यतामा तथा संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्वमा सम्पन्न भएको छ । 
साधारण सभाबाट आगामी ४ बर्षको लागि अध्यक्षमा विक्रम भैल, उपाध्यक्ष राजेन्द्र राज श्रेष्ठ, कोषाध्यक्ष दमन कुमार श्रेष्ठ, सचिव होम प्रसाद तिमल्सिना निर्विरोध निर्वाचित हुनु भएको छ  । त्यसैगरी सदस्यहरुमा भागवत प्रसाद श्रेष्ठ, मोहनराज श्रेष्ठ, रामकृष्ण माकजु, राधाकृष्ण तौजले, जीवनाथ श्रेष्ठ, विजया लक्ष्मी श्रेष्ठ, शिवराम नेपाल साथै लेखा सुपरिवेक्षण समिति संयोजक आरती श्रेष्ठ, सदस्यमा मधुसुदन श्रेष्ठ र सुवन बहादुर श्रेष्ठ निर्विाचित हुनु भएको छ । 
संस्थाको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिबेदन सचिब होम प्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष दमन कुमार श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पूँजीं ५ करोड १२ लाख ५३ हजार, ४७ करोड १७ लाख ५३ हजार रहेको जनाएको छ । सभामा संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणीहरुलाई सम्मान गरिएको थियो । 

उपकार साकोसको १६ औ सभा सम्पन्न
बनेपा/उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य तथा समाजसेवी हरीभक्त भोछिभोया प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी भोछिभोयाले बर्तमान समयमा सहकारीहरुले भोग्नु परेका विविध समस्या र सहकारीका सञ्चालक तथा व्यवस्थापनको कमी कमजोरीले हाल भई रहेको सहकारीहरुको अवस्था बारे चर्चा गर्नु भएको थियो । संस्थाका कार्यवहाक अध्यक्ष सुनिल थापाको सभापतित्वमा भएको उक्त  कार्यक्रम संस्थाका प्रबन्धक नवराज बजगाईले संचालन गनुभएको थियो । साधारण सभामा आर्थिक बर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन सचिव ऋतुपुर्ण श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजकुमार आर्चायले प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल कारोबार रु. ११ करोड १७ लाख ५७ हजार नाफा रु.२८ लाख ८ हजार रहेको बताएको थियो । कार्यक्रममा लेखा  सुपरिवेक्षण समितीका संयोजक जयराम थापाले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।  

काशिभन्ज्याङ साकोसको सातौ वार्षिक साधारण सभा 
बनेपा/काशिभन्ज्याङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष मिना कायस्थको सभापतित्वमा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष कायस्थले सदस्यहरुलाई थोरै लगानी गरेर भएपनि उनिहरुको आयस्तर उकास्न सहयोग पुगेको बताउनु भयो । केहि सहकारीहरुको बदमासीका कारण हामी जस्ता सहकारीको ऐन अन्र्तगत सञ्चालन भएका साना सहकारीहरुलाई समस्या परेको कायस्थले बताउनु भयो । कायस्थले सदस्यहरुलाई सहकारीहरु चिनेर मात्रै कारोबर गर्न र पछि नपछुताउन आग्रह गर्नु भएको थियो । सभामा सस्थाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक, आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाको कुल शेयर पुजीं ५३ लाख ९७ हजार ४ सय, निक्षेप १ करोड १० लाख रहेको जनाएको थियो । सभामा संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणीहरुलाई सम्मान गरिएको थियो । 

अटल पाचँकुण्ड साकोसको सातौं वार्षिक साधारण सभा 
बनेपा/अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रकुमार चच्सहंग सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथीले एकाध सहकारीहरुमा मात्रै समस्या आएकाले सबै सहकारीहरुलाई एउटै रुपमा नर्हेन आग्रह गर्नु भएको छ । सहकारीलाई ब्यक्तिगत रुपमा मात्र सञ्चालन भएका सहकारीहरुमा समस्या आएको बताउनु भयो । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ, बुडोल सामुदायिक साकोसका उपाध्यक्ष पिएन कोईराला लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सचिव जयराम कुईकेल आर्थिक प्रतिबेदन कोषाध्यक्ष जनक तिमल्सिना र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक विष्णु शर्माले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं २ करोड ९७ लाख ८६ हजार, निक्षेप २८ करोड २ लाख ९६ हजार, ऋण लगानी २२ करोड ८४ लाख ५९ हजार, बचत १ करोड १६ लाख ६४ हजार रहेको जनाएको छ । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, शेयर सदस्य, ऋणी र बाल सदस्यहरुलाई सम्मान गरिएको थियो । 
कार्यक्रम संस्थाका अध्यक्ष दिपकप्रसाद दाहालको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष कमलबहादुर रायले राख्नु भएको थियो । 

डाईनमिक युवा साकोसको १५ औ साधारण सभा 
नाला/डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारण सभा जेस्ठ सदस्य कान्छी श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा संस्थाका अधक्ष माधब सिग्देलको सभापतित्वमा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष माधब सिग्दलले सदस्यहरुलाई ब्यबसाय गर्न र आत्मनिर्भर बनाउन लगानी गर्दे आएको बताउनु भयो । सदस्यहरुका विभिन्न सिपमूलक तालिम प्रदान गरी उनिहरुको आयस्तर उकास्नका लागी संस्थाले सहयोग गर्दै आएको सिग्देलले बताउनु भयो । संस्थाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन सचिब बुद्धिकृष्ण घिमिरेले आर्थिक प्रतिबेदन कोषाध्यक्षले तथा लेखा प्रतिवेदन संयोजकले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामा २ हजार ५ सय सदस्य रहेको र कुल कारोबार २४ करोड ९५ पन्चानब्बे लाख रहेको जनाएको छ ।