2026 April 27/ 01:29: 40am

पनौती/नेवाःदेयःदबुको जिल्ला भेला गत शनिबार बाग्मती प्रदेशका सदस्य शुक्र श्रेष्ठको सभाध्यक्षतामा तथा अध्यक्ष चन्द्र लाल राजभण्डारी प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
भेलाले कृष्णधन कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति पुर्नगठन गरेको छ । जसको उपाध्यक्षद्वय निवास श्रेष्ठ र नवराज मानन्धर, सचिव रामहरी श्रेष्ठ, महिला सचिव पूर्ण माया कर्माचार्य, कोषाध्यक्ष चित्र श्रेष्ठ र सदस्यहरुमा शिव नारायण घुल्लु, प्रकाश श्रेष्ठ, इन्द्र लाल श्रेष्ठ, रमा श्रेष्ठ, अरबिन माकजु, राजकुमार खिबन्जार, मित्र कर्मचार्य, राजु श्रेष्ठ रहनु भएको छ ।  
भेलामा नेवा देय दबु केन्द्रिय उपाध्यक्ष एबं बाग्मती प्रदेश इन्चार्ज शान्त श्रेष्ठ उपत्यकाका विशेष समिती अध्यक्ष कृष्ण महर्जन, पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सबिन ताम्राकार, काठमाडौ जिल्ला अध्यक्ष धन बहादुर तिमिला, फुल्चोकी नेवा कल्याणका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ भिमःदेवःनेवाः समाजका उपाध्यक्ष इन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । भेलामा स्वागत मन्तव्य चित्र बहादुर श्रेष्ठले राख्नु भएको थियो । उक्त संस्था नेवारहरुको जातिय पहिचान धर्म सँस्कृती जात्रा पर्वलाई निरन्तरता दिँदै आफ्नो पहिचानको संरक्षणका लागि स्थापित भएको बताएका छन् ।