बनेपा/गलत गर्ने र सदस्यहरुको पैसा फिर्ता नगर्ने सहकारीहरुलाई बागमती प्रदेश सरकारले पानीमुनी गएपनि नछाड्ने वागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बताउनु भयो ।
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभामा उक्त कुरा बताउनु भयो । सहकारी ऐन अनुसार सञ्चालन नगरी सदस्यहरुको पैसा आफु खुशी विभिन्न ठाँउमा लगानी गरी सदस्यहरुलाई रकम फिर्ता नगर्ने सहकारीलाई र उक्त सहकारीहरुका संचालकहरुको सम्पती जफत गरेर भएपनि जनताको पैसा फिर्ता दिलाउने महर्जनले बताउनु भयो । नमुनाका रुपमा चण्डेश्वरी सहकारी जस्ता सहकारीहरु भए पनि एकाध सहकारीहरुका कारण सम्पूर्ण सहकारी अभियानलाई असर पार्न लागेकाले बागमती सरकारले ऐन संशोधन गरी गलत गर्नेलाई कार्वाहि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ऐन संशोधन अन्तिम चरणमा भएकाले गल तगर्ने सहकारी तथा सहकारीका सञ्चालकलाई कार्वाही गर्न सहज हुने महर्जनले बताउनु भयो । मन्त्री महर्जनले चण्डेश्वरी साकोस सर्वोत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भएकोमा धन्यबाद दिनु भएको थियो ।
कार्यक्रममा वागमती प्रदेश सांसद कञ्चनचन्द्र बादे, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य सल्लाहकार विकास बादे लगाएतका ब्यक्तिहरुले चण्डेश्वरी साकोस देशकै नमुना भएकाले यसलाई निरन्तरता दिन सुझाब दिनु भएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७९÷८० को संस्थाको वार्षिक प्रतिबेदन सचिब बुद्धरत्न मानन्धरले आर्थिक प्रतिवेदन कोषाध्यक्ष गणेशकुमार रञ्जित र लेखा प्रतिवेदन संयोजक रामप्रसाद श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामा ९ हजार १ सय २२ सदस्य, कुल निक्षेप १ अर्ब २८ करोड ९८ लाख ८५ हजार पुगेको, शेयर पुँजीं ११ करोड १५ लाख ६६ हजार, संस्थागत कोष १३ करोड ६३ लाख, बचत ९६ करोड ७२ लाख ५८ हजार, ऋण लगानी १ अर्ब १० लाख कुल अम्दानी १५ करोड ९७ लाख ५८ हजार रहेको जनाएको छ ।
कार्यक्रममा समुदायमा आधारीत उत्कृष्ट संस्थाहरु मध्ये नेपालमै उत्कृष्ट भएको, एक्सिस ब्राण्डलाई निरन्त पाएको र सदस्यहरुको सेवा सुविधालाई अझ बढाईने संस्थाका अध्यक्ष नविन बादेले बताउनु भयो । संस्थामा एटिएम, मोबाईल बैकिङ्ग, मार्फत समेत कारोबार गर्न सकिने र सदस्यहरुलाई सेवा छिटो र सहज रुपमा प्रदान गर्न संस्था लागि परेको बादेले बताउनु भयो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, ऋणी, एसईईमा उत्तिर्ण बाल सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नविन भक्त बादेको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष रमेशकाजी श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सचिब बुद्धरत्न मानन्धरले र सह–सचिव रोशना राजबंशीले गर्नु भएको थियो ।









