2026 April 27/ 01:30: 26am

बनेपा/राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रौं वार्षिक साधारण सभा संस्था लि.का अध्यक्ष कमल अधिकारीको सभापतित्वमा सम्पन्न भएको छ । 
    संस्था लि.को वार्षिक साधारण सभा सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा कार्यविधि बमोजिम दुई वटा एकाईमा छुट्टा छुट्टै गरी सम्पन्न भएको छ । कार्यक्रम  भदौ १९गते भकुण्डे सेवा केन्द्रमा र भदौ ३० गते बनेपा कार्यालयमा ध्रुवप्रसाद भट्टराईको प्रमुख आतिथ्यता र राजमन्दिर श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । संस्था लि.को कूल शेयर पूँजी ६६ लाख ४० हजार २०० रहेको छ भने हालसम्म १८ सय ४२ जना शेयर सदस्यहरु रहेका छन् ।