बनेपा/प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सागरनाथ कपालीको अध्यक्षताम सम्पन्न भएको छ ।
सभामा कपालीले केहि सहकारीका कारण सहकारी क्षेत्र नै बदनाम हुँदै गएकाले गलत सहकारीलाई कार्वाहि गरी सहकारी एने नियम अनुसार सञ्चालन भएका सहकारीहरुलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । सबै सहकारीहरुलाई एउटै रुपमा धारण बनाउन नहुने कपालीको भनाई रहेको थियो । सहकारीहरुले सदस्यहरुलाई थोरै रकमबाट पनि समस्या हल भएको, ब्यापार ब्यबसाय लगायतमा धरै सहयोग पुगेकाले प्रभात सहकारीमा आजका दिन सम्म कुनै समस्या नभएको र सदस्यहरुलाई ढुक्क सगं कारोबार गर्न आग्रह गर्दे सहकारी चिनेर कारोबार गर्न सुझाब दिनु भयो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७०/०८० को वार्षिक प्रतिबेदन सचिब सुमन चौ प्रधानले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष बलराम मानन्धरले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक भरत दाहालले सभामा प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको कुल शेयर पुजीं ५७ लाख ९२ हजार, कुल निक्षेप २ करोड ६४ लाख २४ हजार, कर्जा लगानी २ करोड ४५ लाख ४५ हजार र जगेडा कोष ११ लाख ६८ हजार रहेको जनाएको छ । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज बजगाई, सञ्चालक सदस्यहरु, शेयर सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।









