2026 April 27/ 01:29: 07am

बनेपा/अखिल नेपाल महिला संघ जिल्ला कमिटीको आयोजनामा तिजको अवसरमा बृक्षारोपण तथा शुभकामना आदान प्रदान गरेको छ । 
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चार मन्त्री गोकल बास्कोटाको प्रमुख आतिथ्यतामा उक्त बृक्षारोपण गरिएको थियो । बास्कोटाले महिला दिदिबहिनीहरुले नाच्ने गाउने मात्रै नभई सामाजिक काम पनि गर्दछन् भन्ने उदाहारण भएको बताउनु भयो । आफ्नो संस्कृतिलाई जोगाउनका लागी विविध कार्यकम गरेर पनि मनाउन सकिने बास्कोटाको भनाई रहेको थियो । कार्यक्रममा अनेम संघ वागमती प्रदेश अध्यक्ष विमला शर्मा, केन्द्रिय सदस्य तथा काभ्रे इन्चार्ज कमला काफ्ले, नेकपा एमाले जिल्ला जिल्ला कमिटी उपसचिव रिता ढकाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव राजन भुर्तेल, संविधान सभा सदस्य शिला कतिला, अनेम संघ केन्द्रिय सदस्य सुमित्रा भोछिभोया, नेकपा एमाले जिल्ला कमिटी सदस्य आत्माराम थापा, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जीत, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अधयक्ष चन्द्र बहादुर खड्का, ११ का वडा अध्यक्ष शिवकुमार थापा, नेकपा एमाले बनेपा १० नम्बर वडा कमिटी अध्यक्ष पवन केसी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रमको सभापतित्व अनेम संघ जिल्ला कमिटी अधयक्ष विमला सापकोटाको सभापतित्वमा र सञ्चालन सचिव अम्बर माया लामाले गर्नु भएको थियो ।