बनेपा/बनेपा निष्ट स्कुलमा विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न गरेको छ । उक्त निर्वाचनबाट परिषद्को अध्यक्षमा सुशान्त तिमल्सिना निर्वाचित भएका छन् । परिषद्को उपाध्यक्षमा रोनिशा खड्का र विवेक तामाङ महासचिब अंकित गौतम सचिव रोजिना नेपाल कोषाध्यक्ष आयुषमान हुमागाई, सह कोषाध्यक्ष जोशिका तिमल्सिना सामाजिक क्लब निर्देशक आशुतोष कार्की, आईटी क्लब निर्देशक सिद्धान्त तिमल्सिना साहित्य क्लब निर्देशक नारायण अधिकारी साँस्कृतिक क्लब निर्देशक प्रनिशा कोईराला, उद्यमी क्लब निर्देशक सज्जा पौड्याल, विज्ञान क्बलक निर्देशक सुदिप थापा, खेलकुद क्लब निर्देशक सुलभ श्रेष्ठ र सदस्यहरुमा दिया शर्मा, रसिक नापित र दिपन तिमल्सिना निर्वाचित भएको प्रिन्सिपल दिपक भट्टले जानकारी दिनु भयो ।
विद्यार्थीहरुलाई संसदीय अभ्याससँगै सरकार गठन लगायतका विविध प्रकृयाका लागि हुने निर्वाचनका बारेमा प्रयोगात्मक रुपमा जानकारी गराउने उद्देश्यले मतदान आयोजना गरिएको हो’–विद्यालयका प्रिन्सिपल दिपक भट्टले भन्नुभयो–विद्यार्थी नेता छान्ने र अतिरिक्त कृयाकलाप तथा वर्षभरी विद्यालयमा हुने सांस्कृतिक, सामाजिक कृयाकलाप तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने मतदानको प्रमुख उदेश्य हो ।
कक्षा ११ र १२ का ८ सय विद्यार्थी सहभागि निर्वाचनका लागि ५४ उम्मेदवार प्रतिस्पर्धामा थिए । कक्षा ११, १२ र ब्याचलरसम्म एक हजार एकसय विद्यार्थी अध्ययनरत विद्यालयमा आयोजना गरिएको निर्वाचनका लागि मतपेटिका, स्वस्तिक छाप लगायतका अन्य सामाग्री उपलब्ध गराएको थियो । निर्वाचनका लागि सहजीकरण कक्षा शिक्षकहरुले गर्नु भएको थियो ।
नेपालको संविधानले प्रत्यक्ष रुपमा सरकार प्रमुख छान्ने ब्यवस्था गरेको छैन । आम नागरिकले अस्थिर सरकारका कारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको बताए पनि संविधान संशोधन विना उक्त ब्यवस्था सम्भव छैन । पाठ्यक्रममा उल्लेख भएको प्रत्यक्ष तथा अप्रत्यक्ष निर्वाचनले बालबालिकाहरुको रुची र त्यसको अभ्यासका बारेमा जानकारी गराउन सकिने प्रावधान राखिएकाले विद्यालयले प्रत्यक्ष निर्वाचनको माध्यमबाट विद्यालयको प्रमुख र उपप्रमुख छनौट गरेको प्रिन्सिपल भट्टले बताउनु भयो । मतदानका लागि विद्यालयले भदौ २७ गते बुधबार उम्मेदवारी दर्ता गरेको, उम्मेदवारका बारेमा दावि विरोध, मतदाता नामावली प्रकाशन लगायतका कार्यक्रम राखेको थियो । भदौ २९ गते बाल दिवसका दिन विहान ११ बजेबाट दुई बजेसम्म तोकिएको निर्वाचनको मत परिणाम ४ बजे सार्वजनिक गरिएको थियो ।









