2026 April 27/ 01:30: 26am

बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौ बार्षिक साधारण सभा तथा बार्षिकोत्सव सम्पन्न गरेको छ । 
साधारण सभाको वन्द सत्रबाट  ईश्वर के.सी.को अध्यक्षतामा ९ सदस्यीय संचालक समिती निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा सिता न्यौपाने ओझा, सचिब उद्धब तिमल्सिना कोषाध्यक्ष प्रेम कुमार लामा सदस्यहरुमा चन्द्र लामा, प्रमित कुमार बैध, ईन्द्र कुमार थापा, दिपेस लम्साल र दिपक कुमार कार्की, निवार्चित हुन भएको छ । त्यसै गरी संस्थाको लेखा तथा सुपरिबेक्षण समितिको संयोजक पुजन श्रेष्ठ, सदस्यमा सत्यमान लामा र पशुपति लामा रहनु भएको छ । 
साधारण सभामा संस्थाको अधिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन सचिब उद्धब तिमल्सिनाले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष ईश्वर केसीले सभामा प्रस्तुत गर्नु भएको थियो ।  संस्थाको कुल शेयर पूँजी  करोड ७९ लाख ६८ हजार , खुद बचत (नाफा) रु.७५ लाख ९हजार जगेडा कोष ३ करोड २५ लाख ७१ हजार रहेको जनाएको छ । 
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति देवसागर लामाले  संस्था सहकारीको ऐन नियमअनुसार सञ्चालन भएका कारण कुनै समस्या नआएको र सदस्यहरुले ढुक्क सगं कारोबार गर्न आग्रह गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण कुमार थापाले आगामी दिनमा अझै  प्रवाभकारी रुपमा ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ कार्य गर्ने प्रतिबद्धता जनाउनु भयो । संस्थाले चाँडै नै संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री सेवा अन्र्तगतमोबाईल र एस.एम.एस. बैंकिङ्ग सेवा शुरु गर्न लागेको थापाले जानकारी दिनु भयो ।