2026 April 27/ 01:30: 47am

बनेपामा रहेको नलेज ब्रिज एजुकेशनल हबले जिल्ला व्यापी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । 
    हाजिरीजवाफ प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । भदौ २३ गते भएको छनौट चरणबाट ८ वटा विद्यालय फाइनलमा प्रवेश गरेका थिए । जिल्ला व्यापी हाजिरीजवाफ प्रतियोगितामा चण्डेश्वरी माध्यामिक विद्यालय नाला प्रथम, काभ्रे मावि बनेपा दोस्रो र अरुणोदय माध्यामिक विद्यालय पनौती तेस्रो भएको छ । पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयबाट सहभागी विद्यार्थीलाई नलेज ब्रिजमा जुनसुकै कोर्षमा ५० प्रतिशत छुटको व्यवस्था सहित ट्रफी, मेडल, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको प्रवन्ध निर्देशक सौरभ मैनालीले जानकारी दिए । विद्यार्थीलाई अध्ययनप्रती रुची जगाउँदै प्रतिस्पर्धी भावनाको विकास गराउन जिल्ला व्यापी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । कार्यक्रम सञ्चालनका लागि सहजीकरण सौरभ मैनाली र दिपेन्द्र सापकोटाले गरेका थिए । केहि समयअघिबाट काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारिक हब बनेपामा ‘नलेज ब्रिज एजुकेशनल हव’ शुरु गरिएको हो । बनेपा ७ गोदामचोक नजिकै स्थापना गरिएको उक्त संस्थाले गरिव जेहेन्दार तथा आर्थिक रुपले विपन्न विद्यार्थीहरु तथा सबै विद्यार्थी वर्गको इच्छा आकांक्षालाई मध्यनजर गर्दै काभ्रे जिल्लाको इतिहासमा पहिलो पटक सम्पूर्ण शैक्षिक गन्तब्य एकै ठाउँमा बनाउने उदेश्यले स्थापित उक्त संस्था काभ्रे जिल्लामै पृथक संस्था भएको प्रवन्ध निर्देशक सौरभ मैनालीले बताए । स्थानीय तह, विद्यार्थी तथा अभिभावकसँग सहकार्य गर्दै हरेक विद्यामा उत्कृष्ट नतिजा दिने उदेश्यले दक्ष तथा अनुभवी शिक्षकहरु, पर्याप्त भौतिक पूर्वाधार तथा बाल मैत्री वातावरणमा शिक्षण हुने सञ्चालक समिति अध्यक्ष सपना मैनालीले बताइन् । उक्त संस्थामा हरेक तहका ट्युसन कक्षाहरु, व्रिज कोर्ष, विभिन्न देशका लागि आवश्यक पर्ने नर्सिङ्ग तयारी कक्षा, कप्युटर कक्षा, भाषा कक्षा संचालन भइरहेको छ । यस्तै व्रिटिस आर्मीका तयारी कक्षाहरु, सरकारी बैक तथा सम्पूर्ण सार्वजनिक संस्थानका तयारी कक्षाहरु, शिक्षक लाईसेन्सका तयारी कक्षाहरु, शिक्षक सेवा आयोग, लोक सेवा आयोगका कक्षाहरु पनि उक्त शैक्षिक हबमा संचालन भइरहेको बजार शाखाका विशाल तिमल्सिनाले बताए ।