बनेपा/नेपालभर डिस मिडिया नेटर्वकद्वारा सञ्चालन भएको डिसहोम फाईबर नेटको प्रयोग गर्ने ग्राहक २ वर्षमा ३ लाख पुगेको जनाएको छ ।
गत भदौ २० गते सम्ममा उक्त नेट प्रयोग गर्ने ग्राहकको संख्या ३ लाख पुगेको अबसरमा डिसहोम मिडिया फाईबर नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र केसीले काभ्रेमा समेत यसको संख्या बृद्धि भएकोमा डिसहोम काभ्रेको आधिकारीक डिलर सजेश ईन्टरप्राईजेजका प्रोपाईटर सागरनाथ बादेलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
केसीले उपत्यका बाहिर २ वर्षको अबधीमा काभ्रेमा धेरै रुचाएको उक्त डिसहोम नेटलाई अझ, ब्यबस्थित गुणस्तरीयता प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । केसीले डिसहोमले दशैं तिहारमा ग्राहकहरुलाई विशेष अफर ल्याई तिब्रगतिमा ईन्टरनेट सञ्चालन गर्न सकिने प्याकेज ल्याउन लागेको बताउनु भयो । सजेश ईन्टरप्राईजेजका प्रोपाईटर सागरनाथ बादेले ‘ग्राहकहरुको सन्तुष्टी नै हाम्रो प्रतिबद्धता’ भएकाले आगामी दिनहरुमा अझै गुणस्तरीय सेवा दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । वादेले डिसहोम ग्रामिण भेगसम्म पुगेको र अब फाईबरनेट पनि छिट्टै पु¥याउने बताउनु भयो । कार्यक्रममा डिस होमका सहायक कार्यकारी उपाध्यक्ष रमेश सापकोटा, सञ्जयराज भण्डारी, जिवन गुरुङ्ग, मनोज शर्मा, उज्वल न्यौपाने, सजेश ईन्टरप्राईजेजका प्रपाईटर सागर नाथ बादे श्रेष्ठ, सञ्चालक अमरनाथ बादे श्रेष्ठ, सिएफओ प्रविणा जोशी बादे, काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैजु र सिईओ निराजन रेग्मीको सहभागिता रहेको थियो । कार्यक्रममा डिसहोम धेरै ग्राहकहरुले रुचाएका कारण अहिले ३ हजारमा ३ महिनाको अफर, छ भने १ वर्षमा २४ महिना अफर चलिरहेको, डिसहोम ३ महिनाको फिट गर्दा १ महिना बोनस र ६ महिनामा ३ महिनाको बोनस रहेको वताएको थियो ।









