2026 April 26/ 11:31: 37pm

पनौती/पनौती बसपार्क खानेपानी उपभोक्ता समितिको १९ औ साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी तीन वर्षका लागि पुनः दिलिपकुमार ताम्राकारलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ ।
    समितिको उपाध्यक्षमा तेजनारायण पसछेँ, सचिव हरिप्रसाद तिमल्सिना, कोषाध्यक्ष यज्ञप्रसाद हुमागाई, सह–सचिव कमलप्रसाद सापकोटा, सदस्यहरुमा क्रमशः रमाकुमारी गौतम, मोहन कुुमार सापकोटा, गौरी नारायण श्रेष्ठ र यसोदा आचार्य रहेका छन् । त्यसैगरी सुदिप वञ्जाराको संयोजकत्वमा ३ सदस्यीय लेखा व्यवस्थापन समिति चयन गरिएको छ । समितिमा प्रमिला वाँस्तोला र हरेराम आचार्य निर्विरोध निर्वाचित भएका छन् । पनौती नगरपालिका वडा ७ का अध्यक्ष सविन ताम्राकारको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका उप–सचिव रामकुमार सापकोटा लगायतले शुभकानमा मन्तब्य राखेका थिए । सभामा संस्थाका कोषध्यक्ष यज्ञप्रसाद हुमागाईले समितिको आय व्यय प्रस्तुत गर्नुका सार्थ सचिव हरिप्रसाद तिमल्सिनाले संस्थाले अघिल्लो आर्थिक वर्षमा गरेका काम तथा योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आगामी वर्षका लागि १ करोड ६० लाख ५ हजार ३ सय २६ रुपैंयाको बजेट प्रस्ताव गरेको छ । गत वर्ष ७० लाख ३२ हजार ४ सय ९६ रुपैंयाको प्राप्ति भुक्तानी हिसाब कार्यक्रममा प्रस्तुत गरिएको थियो । सभामा उपभोक्ताका छोराछोरीहरु मध्ये एस.ईई मा उत्कृष्ट जिपिए ल्याउने एक जना, उत्कृष्ट उपभोक्ता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
    सभामा खानेपानी उपभोक्ता सुदिप बञ्जारा द्वारा लिखित यात्रा संस्मरण ‘चारधामको यात्रा र त्यस भित्रका कथा’ लोर्कापण गरिएको थियो । सभाको संचालन समितिका सचिव हरिप्रसाद तिमल्सिानाले गरेका थिए । समितिले पनौती बसपार्क क्षेत्र आसपास निजी तथा सामुहिक २ सय १७ वटा धारा मार्फत सेवा दिँदै आएको छ । खानेपानी आयोजनालाई अझै सुदृढ गरि क्षेत्र विस्तार गरिने समितिका व्यवस्थापक राजकुमार तिमल्सिनाले बताए ।