बनेपा/नेशनल प्याब्सनले जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपक गौतमले गर्नु भएको थियो । प्रमुख अतिथी गौतमले पढाई सँगै विद्यार्थीका रचनात्मक कृयाकलाप बाहिर ल्याउन एन प्याब्सनले उक्त प्रतियोगिता गरेकोमा धन्यबाद दिनु भएको थियो । यस्ता अतिरिक्त कार्यक्रमहरु समय समयमा गर्दा विद्यार्थीहरु विच भावनात्मक सम्बन्ध, उनिहरु भित्र रहेको प्रतिभा प्रस्फुट हुने गौतमले वताउनु भयो । कार्यक्रमा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष शम्भु अधिकारी, उप महासचिब प्रकाश खड्का, प्रदेशका उपाध्यक्ष डि एन महतो, नेशनल काभ्रेका अध्यक्ष अग्नी ज्ञवाली, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, क्यान काभ्रेका अधयक्ष रामचन्द्र न्यौपाने लगाएतको सहभागिता रहेको थियो । प्रतियोगितामा सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुर, पनौती अंग्रेजी माध्यामिक विद्यालय पनौती, उग्रचण्डी अंग्रेजी माध्यामिक विद्यालय नाला, ग्रामीण पाठशाला भकुण्डेवेशी र न्यु मोडल एकेडेमी सहभागि भएका थिए ।
एन प्याब्सन काभ्रेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बोधिकेशको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य सचिब सुर्य पौडेलले राख्नु भएको थियो । प्रतियोगितालाई सिनियरमा र जुनियरमा गरी २ चरणमा छुट्टएको थियो । प्रतियोगिताको सिनियरतर्फ सेन्टलम एल्बमका विद्यार्थी प्रथम, दोश्रो पनौती अंग्रेजी माध्यामिक विद्यालय, तेश्रो उग्रचण्डी अंग्रेजी माध्यामिक विद्यालय नाला र वेष्ट पर्फमेन्स ग्रामीण पाठशाला भकुण्डेवेशीले पाएको छ । त्यस्तैगरी जुनियरतर्फ उग्रचण्डी अंगे्रजी मावि प्रथम, पनौती अंग्रेजी मावि दोश्रो, सेन्टलम एल्बम एकेडेमी तेश्रो, ग्रामीण चौथो र वेष्ट पर्फममेन्सको अवार्ड न्यु मोडल एकेडेमी भएको छ । प्रतियोगीहरुलाई प्रमुख अतिथी गौतमले पुरस्कार वितरण गर्नु भएको थियो ।









