2026 April 27/ 01:13: 36am

चौकोट/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा राष्ट्रिय संगीतकर्मी संघको सहयोगमा तीज कार्यक्रम २०८० सम्पन्न गरेको छ । उक्त कार्यक्रम बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष मैयाँ महतको सभापतित्वमा सम्पन्न भएको छ । प्रमुख अतिथी सापकोटाले तीजलाई संसकृतिका रुपमा मनाउन र भड्कीलो नर्गन आग्रह गर्नु भएको थियो । 
तीज नारीहरुको महान चाड भएकाले यस चाडले सम्बन्ध प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व रहेको र अहिले पनि  यसको आस्था र महत्व उत्तिकै भएको सापकोटाले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा न ७ का वडा अध्यक्ष हिट्लर शाक्य  वडा न ८ का वडा अध्यक्ष  शुभ लक्ष्मी मानन्धर संस्थाका प्रमुख सल्लाहकार तिर्थ माया प्रधान, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष धनपति दाहाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले संस्थाले तीज कार्यक्रमलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताउनु भयो । संस्थाले संस्कृति, पर्वको जगेर्ना गर्न पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने रायमाझीले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष हिमाली श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रममा ४०० जना भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।