2026 April 27/ 01:13: 35am

बनेपा/बनेपा नगरपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०७९÷८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा तथा २०८०÷८१ को कार्य योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । 
नगरपालिका भित्र रहेका १४ वटा वडाका १५ वटा आधारभुत स्वास्थ संस्था मार्फत नागरिकहरुलाई प्रदान गरेको सेवाका बारेमा प्रत्येक वडाको समक्षिा गरिएको थियो । समिक्षामा वडा नम्बर ९ मा रहेको आधारभुत स्वास्थ्य संस्था बाट सबै भन्दा बढीले सेवा लिएको वताएको थियो । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले नगरबासीहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्ने बताउनु भयो । त्यसका लागी नगरले वडा नम्बर ४ मा नगर अस्पताल सञ्चालन गरेको, रेयुकाई आँखा अस्पताल सगं भएको सम्झौतालाई निरन्तरता दिई निशुल्क मोतिबिन्दुको अप्रशेन गर्दे आएको, विभिन्न स्वास्थ्य संस्थाको समन्वयमा स्वास्थ शिबिर सञ्चालन गरेको, नगरले प्रत्येक स्वास्थ्य चौकीमा नगर प्रमुख स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्र्तगत स्वास्थ्य क्लिनिक सञ्चालन गरेको बताउनु भयो । 
कार्यक्रममा उपप्रमुख विमला सापकोटाले प्रत्येक स्वास्थ्य चौकीमा नागरिक वडा पत्र, निशुल्क पाउने औषधीको लिष्ट राख्न निर्देशन दिनु भयो । नगारिकलाई सहज रुपमा सेवा र भनेको समयमा औषधी उपलब्ध गराउनु पर्ने बताउनु भयो । नगर अस्पताल नालामा केहि महिना पछि विमाको कार्यक्रम शुरु हुने, किशोरीसँग उपमेयर कार्यक्रम समेत शुरु गरिने सापकोटाले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले सेवामा कुनै कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण स्वास्यकर्मीहरु निरन्तर लाग्ने, स्वास्थ्यकर्मीको क्षमता बृद्धिका लागी तालिमको आयोजना गर्ने चापागाईले बताउनु भयो । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष तथा सामाजिक विकास समिती संयोजक चन्द्र बहादुर खड्काले शुभकामना मन्तब्य राख्नु भएको थियो भने स्वास्थ्य शाखा प्रमुख शम्भु महत्तोले गत वर्षको समिक्षा र आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, आधारभुत स्वास्थ्य चौकीका ईन्चार्जहरुको उपस्थिती रहेको थियो ।